एमालेका चार नेताहरूको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पदबाट हटाएका एमालेका नेताहरूको रिट आज हेर्न नभ्याइने सूचीमा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

बिहीबार न्यायाधीश कार्कीको इजलासमा पेसी सूचीमा चढे पनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझीलगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।

नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादीले कारवाही गरेपछि टोपबहादुर रायमाझी लगायतका पूर्वमाओवादी नेताहरू बुधबार सर्वोच्च अदालत पुग्नुभएको थियो ।

आफूहरूनेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उहाँहरू सर्वोच्च पुग्नुभएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]