स्याललाई हानेको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा स्याल मार्न चलाएको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । स्याललाई े गाउँपालिका वडा ६ जुठापौवामा स्याललाई हानेको बन्दुकको गोलीले लागेर ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो । ध

धनबहादुरको आफ्नै बुबा ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब सय मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]