प्रचण्डको प्रस्ताव – पुस ११ गते राष्ट्रिय सम्मेलन गरौँ

काठमाडौं । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष दाहालले काठमाडौँको बत्तीसपुतलीमा शनिवारदेिख शुरुभएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गर्नुभएको हो ।

प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

मंसिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

प्रचण्डको प्रस्ताव अनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो छ–

भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
असोज २० गते वडा सम्मेलन
असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
कात्तिक ३० गते जिल्ला सम्मेलन
मङ्सिर १५ गते प्रदेश सम्मेलन
पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]