Radio Golden Live..

सत्तासाझेदार गठबन्धनको बैठक सुरु

सत्तासाझेदार पाँचदलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। सर्वदलीय बैठक बस्नुअघि सत्तागठबन्धनका दलहरूको बैठक बसेको हो।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा सहमति खोज्न प्रधानमन्त्रीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । आज ४ बजेका लागि बोलाइएको बैठकमा विपक्षी दल एमालेबाट लगातार अवरुद्ध संसद् खोल्ने र एमसिसीबारे साझा धारणा बनाउने एजेन्डा छन् । त्यसअघि गठबन्धनमा यी विषयहरूमा छलफल गर्न लागिएको हो।
एमसीसीबारे काँग्रेस कि पछि हट्नुपर्छ कि उसले गठबन्धनका माओवादी र एसलाई मनाउनुपर्छ । सबै मानेमा राजनीति सामान्य ढंगले बढ्न सक्छ । तर, काँग्रेस पारित गर्ने पक्षमा अडिग रहेमा र अरु नगर्ने पक्षमा अडिग रहेमा वार कि पारमा जानसक्छ । त्यतिबेला सत्ता गठबन्धन भत्कन सक्छ ।
एमसीसी पारित गर्न गठबन्धनभित्र असहमतिका बाबजुद काँग्रेस बढेमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका कस्तो हुने भन्ने चासो बढिसकेको छ । एमसीसीले धेरै उथलपुथल ल्याउने छाँट देखिइसकेको छ ।
© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]