Radio Golden Live..

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान प्रतिनिधि र शेरबहादुर देउवा संगभेट

काठमाडौं– नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको प्रतिनिधि मण्डलले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ ।

त्यसक्रममा प्रतिनिधि मण्डलले देशमा बढ्दै गैरहेको सांस्कृतिक अतिक्रमण र विकृतीबारे जानकारी गराउँदै देशका पुरातात्विक सम्पदा एवं संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनु पर्ने माग गर्यो ।

कुनै पनि देशको सम्भता र संस्कृतिसंग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्य राख्नका लागि संस्कृति जीवन्त रहनु पर्ने अभियानको मुल उदेश्य रहेको छ ।

प्रतिनिधि मण्डल महाअभियानका संयोजक चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा महाअभियानका सदस्यहरू सुन्दर श्रेष्ठ, ठण्ड बहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेटवाल, सुरज ढकाल र विश्वदीप घिमिरे सहभागि हुनु हुन्थ्यो ।

प्रतिनीधि मण्डलले महाअभियानको प्रतिक स्वरूप नेपालको विविध संस्कृति र सम्पदा अंकित छायाँ चित्र, अपिल एवं महाअभियानको कार्यक्रम पुस्तिका पनि अर्पण गरेको थियो ।

प्रतिनिधि मण्डललाई सम्माननीय प्रधानमन्त्रीले महाअभियानलाई सफलताको शुभकामना दिँदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट यस अभियानलाई सहयोग रहने बताउनु भएको थियो ।

परिवर्तन नेपाल अन्तर्गत गठन भएको नेपाली संस्कृति बचाऔं महाअभियान-२०७८ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहको बीच भएको थियो ।

महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि अपील पनि वितरण गर्दै आएको महाअभियानका सदस्य सचिव ठण्डबहादुर अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]