Radio Golden Live..

रश्मीको नयन बजारमा

काठमाडौँ ः गीतकार रश्मी मैनालीको गीति एल्बम “नयन” विमोचन सम्पन्न भएको छ । चाबहिल स्थित नेपाल चलचित्र बिकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थिति थियो भने विशेष अथितिमा निर्देशक तुलसी घिमिरे , चलचित्र निर्माता तथा साहित्यकार रघु परियार , राष्ट्रिय जनकलाकार हिरालाल भुजेल ( गोबिन्द ) , सामाजिक अभियन्ता तथा साहित्यकार पुण्य प्रसाद प्रसाई लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै विशेष अथिति तुलसी घिमिरेले गीतको भिडियोमा भएको कमि कमजोरी लाई औल्याउदै शुभकामना दिनु भएको थियो भने प्रमुख अथितिले पनि आगामी दिनमा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

गीतमा शब्द रश्मी मैनालीको रहेको छ भने संगीत दिपक पाठकको रहेको छ ्र त्यस्तै गायक गायिकाहरुमा संगीतकार स्वयं दिपक पाठक, सुनिता थेगिम, गायक तथा संगीतकार कमल भट्टराई र अन्जु पन्त रहनु भएको छ । म्युजिक भिडियोको निर्देशन सुन्दर खड्का र शिवराज गौतमले भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]