Radio Golden Live..

अब चलचित्र भवन प्रवेशगर्दा भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौँ । सरकारले अब होटेल, चलचित्र भवन तथा बढि जमघट हुने स्थानहरुमा प्रवेश गर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

यससँगै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन कार्ड(मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरूले कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]