Radio Golden Live..

सीमा विवादबारे भारतले भन्योः निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ

nepal india friendship


काठमाडौं । नेपाल-भारतबीच रहेको सीमा विवाद पछिल्लो समय नराम्ररी बल्झिन थालेको छ ।
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण जारी रहेको भन्दै दिएको अभिव्यक्तिपछि नेपालमा चर्को विरोध भएको थियो ।

नेपालले कडा शब्दमा भारतलाई आफ्नो भूमि फिर्ता दिन माग गरिरहेको छ । नेपालले जति कुटनीति प्रयास गरेपनि मौन बसेर भारतले हेपाह प्रवृति देखाइरहेको थियो ।

तर हालै भारत सरकारले नेपालसँगको सीमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक रूपमा यथावत र स्पष्ट रहेको बताएको छ ।

भारत-नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे काठमाडौंस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ ।

दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ ।

नेपालमा सर्वदलीय सर्वसम्मतमा नेपालको भूमिलाई नक्शामा राख्दै संसदबाट नै निशान छापा पारित गरेको थियो । पहिलो पटक राजनीतिक नक्शामा आफ्नो भूमिलाई देखाएको नेपालको नक्शा मान्दिन सम्मका अभिव्यक्ति भारतले दिँदै आएको थियो ।

सीमाका सन्दर्भमा तत्कालिन सत्तारुढ हालको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले खरोरुपमा उत्रिरहेको थियो ।

यही बेला सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले समेत लिपुलेक नेपालको भएकाले त्यहाँ बनिरहेको सडक लगायतका भौतिक संरचना निर्माण कार्य तत्काल बन्द गर्न र कालापानीमा रहेको भारतिय सैनिक क्याम्प तत्काल फिर्ता जान माग गरेको थियो ।

योसँगै दुवै देशको तर्फबाट सीमा विवादका बारेमा बोल्न थालिएको छ । यसले हरेक पटक वार्ता टार्दै आएको भारतलाई अब भने नैतिक दवाव परेको देखिन्छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]