Radio Golden Live..

प्रचार-प्रसारमा तीव्र नेकपा एकीकृत समाजवादी

२०७४ सालको स्थानीय निर्वाचन पश्चात बिश्वब्यापीरुपमा फैलिएको कोरोना महामारीले विश्व लाई नै आतङ्कित बनाएको अवस्थामा पनि काठमाण्डौ महानगर पालिका वडा नं-३का वडाअध्यक्ष दीपक के•सी•को अगुवाइमा बिभिन्न बिकास निर्माणका कार्यहरू सम्पन्न गरी आमवडावासीहरुको मन जित्न सफल ब्यक्तित्वको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट पुन : चुनाव मैदानमा उतारेको छ ।
बिभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वहरु रमेश कॅडेल, राजिव भारी, साबित्री महर्जन प्रजापतिलाई साथ लिएर स्थानीय निर्वाचनमा होमिएको उक्त प्यानलले प्रचार-प्रसारलाई तीब्र बनाएको छ ।
मतदाताहरुको घरदैलोसम्म पुगेर आम वडावासीलाई जनमुखी स्थानीय सरकारको अनुभूति गराएका केसी प्यानल नै पुन: बिजयी हुनेमा निश्चिन्त छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]