Radio Golden Live..

शंखरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकामा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ । नगरपालिका १ देउराली भञ्ज्याङमा पैदल हिंडिरहेकी महिलालाई टिपरले ठक्कर दिएको हो ।

प्रदेश ३ ०१९००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारलाई टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दनुवारलाई पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिएको हो । टिपर र चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]