Radio Golden Live..

आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै


काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोपको पहिलो मात्रा दिन लागिएको छ । बालबालिकालाई आफू पढ्ने विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्कूल जानबाट बन्चित बालबालिकाले बसोबास नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा खोप लगाउन पाउनेछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ देखि ११ वर्षसम्म बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिन लागिएको हो । यो खोप बालबालिकालाई ०।२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा ५ द्खि ११ वर्षसम्मका बालबालिकालाई खोपको व्यवस्था मिलाएको हो । बालबालिकालाई पहिलो मात्रा असार ९ देखि १५ गतेसम्म दिइनेछ । पहिलो चरण लगाएका बालबालिकाले साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा लगाउन पाउनेछन् ।

बाँकी जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा लगाइनेछ । उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य ।मन्त्रालयको तयारी छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]