Radio Golden Live..

बिहानै कास्की र गोरखामा भूकम्पको धक्का

काठमाडौं । कास्की र गोरखामा बिहीबार बिहान भूकम्पको धक्का महशुस भएको छ।

गोरखामा बिहान ७ बजेर २२ मिनेट जाँदा भूकम्प गएको हो । गोरखाको थुमी केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस भएको छ ।

यसअघि बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीमा पनि भूकम्प गएको थियो । लुम्ले र धम्पुसबीचमा केन्द्रविन्दु बनाएर ४.९ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म भूकम्पको धक्का महशुस भएको त्यहाँका बासिन्दाले जानकारी दिएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]