Radio Golden Live..

भक्तपुरको सूर्यविनायकमा टिपर-मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु


काठमाडौं । भक्तपुरको सूर्यविनायकमा बिहीबार बिहान टिपर र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरसँग बिहान २ बजेतिर ठोकिएको हो । दुर्घटना मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा जीवन गुमाएका मध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको छ । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान ३ बजे मृत्यु भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]