Radio Golden Live..

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फ ५ रुपैयाँ बढाएको छ।

मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन आन्तरिकको १९० रुपैयाँ पुगेको छ। निगमले खाना पकाउने ग्यासको भाउ भने यथावत राखेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]