Radio Golden Live..

अर्थमन्त्रीलाई हटाउन माग, आज प्रचण्डको आउँदैछ जवाफ

काठमाडौं । राजनीतिक, आर्थिक र सामाजिक लगायत सबै क्षेत्रबाट माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्रीबाट हटाउनुपर्ने माग उठिरहेको छ । शर्मालाई अर्थमन्त्रीबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि समेत दबाब परिरहेको छ ।

माओवादी नेताका नेताहरुले समेत शर्मालाई अर्थमन्त्रीबाट हटाउन प्रचण्डलाई दबाब दिइरहेका छन् । यही बेला नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरु शर्मालाई अर्थमन्त्रीबाट तत्कालै हटाउन अध्यक्ष दाहाललाई दबाब दिने स्रोतले बताएको छ ।

आजको बैठकमा अध्यक्ष दाहालले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । दाहालके जवाफपछि आजै केन्द्रीय समिति बैठक सक्ने माओवादी केन्द्रको तयारी छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]