व्यवसाय

खाद्य संस्थानको चामल झन महँन्गो

२०७३ फागुन २ गते ८:४९

सल्लेरी–नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक किलो पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको हो । खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको...

स्वास्थ्य उपकरणका लागी मन्त्रालयले छुट्टायो ९६ करोड

२०७३ माघ २८ गते ०:३३

काठमाडौं—स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रका लागी आवश्यक उपकरण किन्न बजेट छुट्टाएको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको...

एप्पलका फोनमा समेत फोर जी चल्ने

२०७३ माघ २६ गते ७:३८

काठमाडौं–एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याइने भएको छ । टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत पुस १७ गतेदेखि नेपालमा पहिलोपटक फोर जी एलटिइ सेवा...

औषधि खरिद गर्न रकम पुगेन

२०७३ माघ २५ गते ९:४८

  भीमदत्तनगर—जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा वार्षिक पाँच करोड ४३ हजारबराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि थोरै रकम आउने गरेको जनाएको छ । गत वर्षको बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि खरिदका लागि पाँच करोड ४३ हजार माग गरेको भए...

पुष्प व्यवसायले खासै सफलता नपाएको गुनासो

२०७३ माघ २१ गते ९:३०

काठमाडौं– सरकार र निजी क्षेत्रबाट छुट्टाइएको छ करोडभन्दा बढी रकम खर्च भइसक्दा पनि पुष्प व्यवसायमा खासै परिवर्तन नआएको सरोकारवालाको भनाइ छ । उक्त रकम सरकारले दिगो र व्यवस्थित पुष्प तथा पुष्पजन्य वस्तुको उत्पादन तथा व्यवसायीकरण गर्न विनियोजन गरेको थियो । कृषि विकास मन्त्रालयबाट चार...

‘सूचना प्रविधिले मुलुकलाई समृद्ध बनाउँछ’

२०७३ माघ १८ गते ९:००

काठमाडौं—परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पु¥याउने भएकोले यसको विकाश अति आवश्यक रहेको बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी २३ औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को अवलोकनको अवसरमा उनले भने, ‘मानिसको जीवनमा सही समयमा सही...

निजी उत्पादकको विद्युत् खरिद गरिने

२०७३ माघ १४ गते १०:४१

काठमाडौं–‘लिऊ र तिर’ को नीति अख्तियार गर्दै निजी उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाल विद्युत् प्राधिकरणले निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् खरिद गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको हालै बसेको बैठकले कुनै सर्त विनै निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् खरिद गर्ने...

नेपाल भ्रष्टाचार हुने राष्ट्रको १३१ औ स्थानमा

२०७३ माघ १३ गते ४:५४

नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको प्रतिवेदनले देखाएको छ । नेपाल भ्रष्टाचार हुने सूचकांकमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १ सय पूर्णाकमा २९ अंक प्राप्त गरी १३१ औ“ स्थानमा सूचीकृत भएको हो । नेपालको गत साल भन्दा २ अंकले मात्र सुधार...

धम्कीले अन्तर्राष्ट्रिय ‘सेल्स मिसन’ प्रभावित

२०७३ माघ १० गते ०:५६

होटल संघ नेपाल (हान) ले मजदुर संठनको दबाबले १० प्रतिशत सेवा शुल्कको विषय विवादित बनेको जनाएको छ । सम्झौता विपरित मजदुर संघठनले अल्टिमेटमसहित सबै रकम पाउनुपर्ने पाँचबुँदे दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै हानले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मजदुर संगठन र व्यवसायीबीच...

भक्तपुरको ताथलीमा माटो तस्करी

२०७३ माघ ६ गते २३:५८

जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको जानकारीमा आएको छ । यसरी माटो तस्करी हुदा जिविसले करोडौ राजस्व गुमाएको छ । विसं २०७१ चैतमा अनुसन्धानका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहा सञ्चालित खानीसम्बन्धी फाइल लगेपछि रोकिएको स्वीकृतवाला खानी...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]