Radio Golden Live..

प्रमुख समचार

भेरोसेलको मौज्दात न्यून, अत्यावश्यक परेकालाई मात्र दिनु -विभाग

२०७८ माघ ६ गते १२:५१

काठमाडौँ-कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेकाले तत्कालका लागि अत्यबश्यक पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय भएकाहरुलाई प्राथमिकतामा राखेर भेरोसेल खोप दिन विभागले आफ्ना मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको...

अमेरिकामा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन

२०७८ माघ ६ गते १२:३५

जनवरी १९, बुधबार । हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन सम्पन्न भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोह बीच हिमानी शाहले उद्घाटन गर्नु भएको हो । हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा शुभारम्भ गर्दा हिमानी...

तीनै तहको निर्वाचन मंसिरमा गर्नेगरि कांग्रेसमा छलफल

२०७८ माघ ५ गते १४:२८

काठमाडौं, ५ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनावलाई केन्द्रित गरेर छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कि नगर्ने भनेर आफूनिकट नेताहरुसँग सरसल्लाह गरिरहेका छन् ।हिजोमात्रै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन...

आज हिमानी ट्रस्ट युएसएको उद्घाटन, हिमानी शाह युएसएमा

२०७८ माघ ५ गते १२:२०

जनवरी १८ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले हिमानी शाहलाई अमेरिकामा भब्य स्वागत गरेका छन् । उहा आज मंगलबारको दिन अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ आई पुग्नु भएको हो । हिमानी ट्रष्ट युएसएको बृहत उद्घाटन कार्यक्रमको लागि हिमानी ट्रष्ट युएसएको निमन्त्रणामा...

निर्वाचन बैशाखमै, बैठकमा माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित

२०७८ माघ ४ गते १२:४४

सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन बारेमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् । बालुवाटारमा आज बिहान बसेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

२०७८ माघ ४ गते १२:१७

जनकपुरधाम- मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो । मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश...

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७८ माघ ३ गते १४:१०

३ माघ काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ...

रामकुमारीको सय दिन: समस्या र समन्वय अभाव

२०७८ माघ ३ गते १३:५९

’काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक-अर्काबीचको समन्वय अभाव पाएको बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन...

गुण एयरलाइन्सको हवाईजहाज काठमाडौं फर्काइयो

२०७८ माघ २ गते १४:१३

आइतबार बिहान १० बजे काठमाडौंदेखि काठमाडौंबाट पोखराको लागि उड्दै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । गुण एयरलाइन्सको १९०० सी-बिचक्राफ्ट जहाज त्रिभुवन विमानस्थलबाट उड्यो । जहाजले धावनमार्ग छाडेलगत्तै जहाजको ककपिटले एउटा खतराको संकेत गर्‍यो । ककपिटले जहाजको ढोका नै...

सीमा विवादबारे भारतले भन्योः निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ

२०७८ माघ २ गते १२:४०

काठमाडौं । नेपाल-भारतबीच रहेको सीमा विवाद पछिल्लो समय नराम्ररी बल्झिन थालेको छ ।केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण जारी रहेको भन्दै दिएको अभिव्यक्तिपछि नेपालमा चर्को विरोध भएको थियो । नेपालले कडा शब्दमा भारतलाई आफ्नो भूमि फिर्ता दिन माग...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]