प्रमुख समचार

तरार्इमा एमाले थाकेपछि राप्रपा जाग्ने

२०७३ फागुन २२ गते १६:२६

  काठमाडाै २२ फागुन , राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ। राष्ट्रियता, सनातन धर्म र विकासका साथै स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पुर्‍याउनमा यात्रा केन्द्रित हुने राप्रपाको पदाधिकारी बैठकले निर्णय गरेको हो।...

ट्राफिक प्रहरी कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

२०७३ फागुन २२ गते ८:१६

मेलम्ची, २२ फागुन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता...

निःशुल्क बस क्यान्सर अस्पताल बिरामीका लागि

२०७३ फागुन २१ गते २३:४५

भक्तपुर—क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले शनिबारदेखि निःशुल्क बस सेवा सुरु गरेको छ । अस्पतालले बिहान ५.३० देखि साँझ ८.३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो । भक्तपुर क्यान्सर अस्पतालमा...

काठमाडौंको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

२०७३ फागुन २१ गते २३:२१

  काठमाडौ—स्वयम्भूको भगवानपाउँ नजिकै प्रहरी र अपहरणकारीबीच शनिबार गोली हानाहान भएको छ । सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिएका छन् । सो समूहले गत बिहीबार नुवाकोट घर भई...

वरिषठ नेता खनाल

२०७३ फागुन २१ गते १६:४९

विर्तामोड (झापा), २१ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन हुन नसके संविधानसभाबाट जारी भएको संविधान असफल हुने बताउनुभएको छ । सो पार्टीले आजबाट सुरु गरेको मेची महाकाली अभियानअन्तर्गत विर्तामोडमा आयोजित जनसभामा उहाँले भन्नुभयो — ‘परिवर्तनलाई...

ताेकिएकै मितिमै चुनाव हुन्छ

२०७३ फागुन २१ गते १६:२७

पोखरा, २१ फागुन । वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । नेपाल वितरण महासङ्घको आज यहाँ आयोजित पाँचाँै साधारण सभामा उहाँले सरकार निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको हुँदा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभयो । उहाँले देशका रुग्ण उद्योगलाई पुनः...

संविधान बनाउन नदिने शक्ति संविधान असफल बनाउन लागेको छ–प्रम

२०७३ फागुन २० गते २१:१३

बनेपा, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार्यान्वयनको माध्यम भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको च्यासिङ्खर्क–६ मा नेकपा(माओवादी केन्द्र)ले आज आयोजना गरेको सहिद सप्ताह तथा सभामा उहाँले आगामी वर्ष माघ...

स्थानीय तहको निर्वाचनका लागि तयार हुन निर्देशन

२०७३ फागुन २० गते १७:५०

काठमाडौँ, २० फागुन । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सफल पार्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । प्रहरी बल प्रधान कार्यालयमा आयोजित ‘कमान्ड एन्ड स्टाफ कोर्स’को समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सरकारबाट प्राप्त जुनसुकै जिम्मेवारी...

तीनै तहको चुनाव गर्न ओलीको आग्रह

२०७३ फागुन २० गते १६:५२

काँकडभिट्टा (झापा), २० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताउनुभएको छ । “वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको आज ज्यामिरगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो...

गाउँपालिकाको केन्द्र माग गर्दै बेनीमा प्रदर्शन

२०७३ फागुन २० गते १०:३२

म्याग्दी, २० फागुन । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमूलक विशाल जनप्रदर्शन गरिएको छ । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिको आह्वानमा बिहीबार सदरमुकाम बेनीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकामा समावेश भएका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरी पाँच गाविसवासीले...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]