प्रमुख समचार

गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप

२०७७ भदौ २८ गते १३:२१

गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको पछिल्लो अपडेटमा थप २९...

धनुषामा थप एक जना संक्रमितको मृत्यु

२०७७ भदौ २७ गते ९:३६

धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार गरिदैं आइएको थियो। ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको...

एकैदिन चितवनमा ८७ जनामा कोरोना संक्रमण

२०७७ भदौ २७ गते ९:३४

चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका...

भक्तपुरमा एउटै घरमा ३ जनाको शव भेटियो

२०७७ भदौ २६ गते २०:११

भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव शुक्रबार साँझ भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुदीप अधिकारी, उनकी श्रीमती सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । घटनाको विषयमा थप अनुसन्धान...

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

२०७७ भदौ २४ गते १९:४१

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने...

प्रदेश न १ मा १५५ संक्रमित थप

२०७७ भदौ २४ गते १९:३६

प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १५५ कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा महिला ६३ र पुरुष ९२ छन् । त्यसमा मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा तीन, ताप्लेजुङ, उदयपुर तथा प्रदेश बाहिरका एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा

२०७७ भदौ २४ गते ९:५४

जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्धवृद्धाको बिभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्र्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३...

बामदेमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय फिर्ता गर्न विवेकशीलको माग

२०७७ भदौ २३ गते १३:४३

विवेकशील नेपाली दलले प्रतिनिधिसभाको निर्वाचनमा बर्दियााट पराजित बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सत्तारुढ नेकपाको निर्णय बदर गर्न माग गरेको छ। राष्ट्रियसभालाई प्रतिनिधिसभा वा अन्य तहका प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्तिहरू व्यवस्थापन गर्ने थलो किन बनाइँदै छ भनेर दलले प्रश्न गरेको छ। ‘राष्ट्रियसभामा दश प्रतिशत भन्दा बढी...

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

२०७७ भदौ २३ गते १३:२१

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना...

बागलुङ बाढी : एउटाको शव अर्कैको भनेर दाहसंस्कार

२०७७ भदौ २३ गते १२:१४

गलकोट : बागलुङकाे ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गते आएको बाढी आधा दर्जन गाउँ बगरमा परिणत भए। बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्। हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा १८ गते...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]