Radio Golden Live..

चीनबाट तत्कालै कोरोनाविरुद्धको ८ लाख डोज खोप ल्याइने


काठमाडौं । सरकारले चीनबाट तत्कालै कोरोनाविरुद्धको ८ लाख डोज खोप ल्याउनु भएको छ । त्यसको लागि नेपाल एअरलाइन्सको विमान आउँदो आइतबार बेइजिङ पठाउने तयारी भइरहेको छ ।

कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने नेपाल एअरलाइन्सले जनाएको छ ।

बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाडौं फर्किने नेपाल एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभएको छ।

चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायतका सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]