Radio Golden Live..

पोल्याण्डमा रहेका करिब एक हजार नेपालीहरू के गर्दैछन् ?

24

बार्सिलोना  ।  करिव तीन दशकअघि युरोप छिरेका डा. बोधराज सुवेदी सबैमा ईच्छाशक्ति भयो भने मुलुकमा ठुलै परिवर्तन हुने बताउँछन्। भिमाद -१ तनहुँ घर भई हाल पोल्याण्डको माझोमिस्कि रिजनल क्यान्सर सेन्टरमा अनकोर्स सर्जनका रुपमा कार्यरत डाक्टर सुवेदीले परिवर्तनका लागि सबैमा ईच्छाशक्ति हुनुपर्ने बताए ।

तीन दशकदेखि पोल्याण्डको विकासे फड्कोलाई राम्रोसँग नियालेका डा.सुवेदी भन्छन्,” एकजना परिवर्तन भएर मात्र केही हुँदैन, देशमा आमुल परिवर्तन ल्याउने हो भने सबैमा ईच्छाशक्ति र परिवर्तनको भाव हुनुपर्छ।”

ल्याण्ड छिर्दै गर्दा त्यहाँको राष्ट्रिय पत्रिकामा लेखिएको आर्टिकलबारे सुवेदी सम्झन्छन्,” सन् १९९० ताका लेखिएको थियो, अबको ५० बर्ष पछि पोल्याण्ड नेटोको सदस्य बन्न सक्ला, तर लगत्तै त्यसको केहीपछि नै सन् १९९९ मा नेटोको सदस्य र २००४ मा युरोपियन युनियनको सदस्य बन्यो। अर्थात् अपेक्षा भन्दा नै पहिले उदेश्य पूरा भयो । त्यसको प्रमुख कारण सरकार र जनता सबैमा आएको परिवर्तन र ईच्छाशक्तिकै कारण हो।”

पोल्याण्डमा कति छन् नेपाली ? के गर्छन् ?

पेशाले मेडिकल डाक्टर भए पनि गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्षसमेत रहेका सुबेदी करिव १ हजारको संख्यामा नेपालीहरु रहेको बताउँछन्। ३ दशक पहिलेको अवस्थालाई सम्झँदै भन्छन्,” म पोल्याण्ड पुग्दा निकै थोरै संख्यामा मात्र नेपालीहरु थियौं तर अहिले आउने–जाने क्रम चलिरहेको छ । त्यसैले यकिन संख्या नै भने गाह्रो छ । तर, बढीमा १ हजारको संख्यामा नेपालीहरू छौं भन्ने लाग्छ।”

विद्यार्थीका रुपमा अध्ययनका लागि पोल्याण्ड आउने भए पनि पछिल्लो क्रम नेपालीहरु पोल्याण्ड छाडेर अर्कै युरोपियन मुलुकलाई गन्तब्य बनाउने गरेको पनि डा. सुवेदी बताउँछन्।

पोल्याण्डमा रहेका ईन्डियन तथा नेपालीहरूले रेष्टुरेन्टहरुमा ९० प्रतिशत जति त नेपालीहरु कुकका रुपमा काम गर्ने गरेको उनी सुनाउँछन्। डा. सुवेदीका अनुसार वर्क परमिट भिसामा पोल्याण्डका मिट फ्याक्ट्रीहरुमा समेत नेपालीहरु कामका लागि आउने गरेका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]