Radio Golden Live..

समाचार कुखुरा फार्ममा आगलागी, १५ लाखभन्दा बढीको क्षति

27

सुनसरी, मंसिर ३ ।
सुनसरीको भरौल–३मा दलबहादुर राईको कुखुरा फार्ममा विहीबार विद्युत सर्ट भइ आगलागी भएको छ । राती ११ बजेतिर फारमको विद्युत सर्ट भइ अचानक लागेको आगोले फार्ममा रहेका ३०० वटा चल्ला जलेर मरेका छन् ।

टिनको छानो भएको एकतले भन्साघर, त्यसभित्र रहेको सम्पूर्ण सामान समेत जल्दा १५ लाख ८० हजार बराबरको क्षति भएको बताइएको छ । आगलागी प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]