Radio Golden Live..

शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

सेवा रोकेर आन्दोलन थप चर्काएका छन् । १८ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको जीवन जोखिममा परिसक्दा पनि सरकार गम्भीर नभएपछि उनीहरूले आन्दोलन चर्काएका हुन्।

यसअघि शैक्षिक कार्यक्रम बहिस्कार गरी वार्ड र ओपिडिमा सेवा दिइरहेको उनीहरुले अब आकस्मिक सेवा मात्र दिई मानवीयता देखाउने निर्णय गरेका हुन् ।

‘डा. केसीको जीवन रक्षामा सरकार गम्भीर नदेखिएपछि वार्ड र ओपिडि पनि नजाने निर्णय गर्‍यौं,’ आवासीय चिकित्सक एसोसिएसनका अध्यक्ष डा. लिजन महर्जनले भने ।

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसी अनसन बसेका हुन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने परम्पराविपरीत त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि आन्दोलन चर्किएको हो । डा. केसीले सिंह र खनियाँ दुबैको बर्खास्तगी मागेका छन्। राजनीतिक भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको डा. केसीले बताउँदै आएका छन्।

संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत १० बुँदे माग राखी उनी अनसन बसेका छन् । विगतमा अनसन तोड्ने क्रममा भएका धेरै सम्झौता सरकारले पुरा गरेको छैन।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]