Radio Golden Live..

माघीमा एक्सन स्टार निखिलको ‘किङ’, यस्तो छ टिजर

17
काठमाडौं : कलिउडमा एक्सन स्टारका रुपमा परिचित निखिल उप्रेती १ वर्षको अन्तरालपछि पुन: पर्दामा देखिने भएका छन्। सबिर श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म ‘किङ’ मा प्रमुख भूमिकामा निखिल देखिएका छन्। जयन श्रेष्ठको निर्माणमा तयार भएको फिल्म ‘किङ’ को प्रदर्शनको मिति घोषणा भएको छ। पुस २९ गते माघीको अवसर पारेर फिल्म प्रदर्शनमा आउने भएको हो। फिल्म ‘किङ’ मा निखिलका साथमा नायिका वेनिशा हमाल र अभिनेता अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ। फिल्ममा रुपा राना, प्रज्वल सुजल गिरी र जगन श्रेष्ठको पनि अभिनय रहेको छ। काठमाडौं, लुम्बिनी र नगरकोट लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ। फिल्ममा बसन्त सापकोटा र दिनेश सुनामले संयुक्त रुपमा संगीत दिएका छन्। रामजी लामिछानेको नृत्य निर्देशन रहेको किङमा सञ्जय लामाको सिनेमाटोग्राफी छ।
© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]