Radio Golden Live..

‘आठौं राष्ट्रिय खेलकुदको गृहकार्य सुरु’

नेपालगन्ज- दुई वर्षपछि मध्यपश्चिममा हुने आठौं राष्ट्रिय खेलकुदका लागि मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिले क्षेत्रका सरोकारवालासँग छलफल थालेको छ। प्रतियोगिता व्यवस्थापनको काम महत्वपूर्ण भएकाले सरोकारवालासँग सुझाव र परामर्श लिन सुरु गरिएको क्षेत्रीय अध्यक्ष भिम ओलीले बताए।

बाँकेका राजनीतिक दल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधी तथा सञ्चारकर्मीसँग शुक्रबार भएको छलफलमा ओलीले सरकारले प्रतियोगिता गर्ने जिम्मा दिइसकेको र तयारीको काम थालिएको जानकारी दिए। ‘आठौं राष्ट्रिय खेलकुदका विषयमा हामी अब निरन्तर रुपले हरेक पक्षसँग छलफलमा बस्नेछौं,’ अध्यक्ष ओलीले भने ‘प्रत्येक टोल–टोलमा प्रतियोगिताको प्रचार–प्रसार गर्नेछौं। प्रतियोगिताका लागि कतिपय पूर्वाधार तयारी अवस्थमा छन् भने केही निर्माण र पुनःनिर्माण गर्नुपर्नेछ।’

क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख जयन्तकुमार शर्माले सातौं राष्ट्रिय खेलकुदमा भएका कमी, कमजोरीलाई आठौं प्रतियोगितामा दोहोरिन नदिने प्रतिवद्धता जनाए। छलफलमा राप्रपा बाँकेका अध्यक्ष ऋषिराज देवकोटाले आठौं प्रतियोगिता भव्य र सभ्य रुपले सम्पन्न गर्न राजनीतिक दलको पुर्ण रुपमा साथ रहने जनाए।

नेपालगन्ज उप महानगरपालिकाका एमाले अध्यक्ष दत्तप्रसाद आचार्यले प्रतियोगितालाईसबै क्षेत्रको सहयोग हुने विश्वास दिलाए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]