Radio Golden Live..

वैज्ञानिक भन्छन्, धमिराको गोलोमुनि सुनको खानी हुन्छ !

 

अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ ।

अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका शोधकर्ताहरुले गरेको पछिल्लो अनुसन्धान अनुसार कुनै खास क्षेत्रहरुमा सुनको खानी पत्ता लगाउनका लागि धमिराका देवलहरु, खयरका पात तथा माटोको स्थिति जस्ता महत्वपूर्ण स्थितिहरुमा ध्यान दिनुपर्दछ ।

शोधकर्ताहरुले अस्ट्रेलियाको कलगूर्लीस्थित सुनको एक खानी क्षेत्रस्थित सयौँ नमूनाहरु, माटो तथा खयरको पातका नमूनाहरुको विश्लेषण गरेका थिए ।

विश्लेषणबाट यस्ता नमूनाहरुमा रहेको सूनको तत्वले सुन धातु अर्गानिक कार्वनको प्रचूरता रहेको क्षेत्रमा धेरै पाइने तथ्य पुष्टि गरेको बताइएको छ । जुन ठाउँमा धेरै आद्रता हुन्छ त्यहाँ जिवाश्म सडिसकेपछि सुन फेला पर्दछ । हाल सुन फेला परेका क्षेत्रमा गहिराइसम्म उत्खनन गरिएमा अझै ठूलो परिमाणमा सुन पाइन सक्ने सम्भावना हुने समेत शोधकर्ताहरुको भनाई छ ।

शोधकर्ताहरुका अनुसार खयरको रुख तथा धमिरा समेत बाँझो जमिनमा अधिक मात्रामा वृद्धि हुन्छ र सुन पनि यस्तै ठाउँमा बढि मात्रा पाइने सम्भावना हुन्छ ।

क्यानडाको उत्खनन कम्पनी अंगकोरा गोल्डले यो शोध रिपोर्टको पुष्टि गरेको छ । कम्पनीले कम्बोडियाका देवलका झण्डै १ लाख १० हजार ढिक्काको नमूना संकलन गरी विश्लेषण गर्दा सात ठाउँमा सुन, तामा तथा मोलिब्डेनम जस्ता धातुहरुको भण्डार पत्ता लगाउन सफल भएको थियो ।
डि्रलिंग जस्ता अन्य पारम्परिक तरिकाले भने धमिराको देवलको नमूना संकलन गरी अनुसन्धान गर्दा सुनखानी पत्ता लगाउनु आर्थिक रुपमा बढि मितव्ययी हुने बताइएको छ । यस सम्बन्धी शोध जियोलोजी पत्रिकामा समेत छापिएको छ ।

एजेन्सी

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]