Radio Golden Live..

चन्द्रमाका अन्तिम अन्तरिक्षयात्रीको निधन


हाउस्टन¬चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।
सन् १९७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोल्लो–१७ मा चढी बैज्ञानिक तथा अन्तरिक्षयात्री कम्र्यानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।
सन् १९३४ मा सिकागोमा जन्मिएका कम्र्यान प्रारम्भ देखिनै तीक्ष्ण बुद्धिका थिए । उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयमा स्नातक उपाधि प्राप्त गरेका थिए ।
ठूलो खर्च लाग्ने तर साह«ै न्यून उपलब्धि हासिल हुनेलगायतका अन्य धेरै कारणहरु देखाई अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गर्ने योजना सन् १९७२ मा स्थगित गरेको थियो । यस सँगसँगै अमेरिकी अन्तरिक्ष यात्रीहरुको चन्द्रयात्राको क्रम पनि बन्द भएको थियो ।
त्यसको केही वर्ष पछिदेखि अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरुको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ । कम्र्यानपछि अन्य कुनै अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री मानिएका छन् । बयासी वर्षको उमेरसम्म चन्द्रमाको अध्ययन, अनुसन्धान र यसबारे पछि पछिका दिनहरुमा के के घटना वा उपलब्धिहरु हासील गरिए सो मा निरन्तर रुची कम्र्यानले राख्ने गरेका थिए ।आफू चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरु कसैले चाँडो लिओस भन्ने अभिलासा उनको थियो ।
बैज्ञानिक तथा अन्तरिक्ष यात्री कम्र्यानले पाँचसय छैसाठ्ठी घण्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये त्रिहत्तर घण्टाभन्दा बढी समयसम्म चन्द्रसतहमा व्यतीत गरेको रेकर्ड कायम रहेको छ । उनले चन्द्रयात्राका क्रममा भोग्नु परेका दुखः कष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमान्चक घटनाहरु समेटी छायाङ्कन गरिएको एउटा बृत्तचित् (डकुमेन्टरि)दि लास्ट म्यान अन दि मून सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]