Radio Golden Live..

वैशाख अन्तिम साता स्थानीय निर्वाचन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी आवश्यक विधेयक संसदबाट पारित गराइ आगामी वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन हुने जानकारी गराएका छन् ।
संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन समारोहमा प्रधानमन्त्री दाहालले अनि निर्वाचनको मिति घोषणा गर्ने बताए ।
उनले छिटोमा वैशाख २५ गते र ढिलोमा वैशाख ३० गते सुरु गरी जेठकोे दोस्रो सातासम्म निर्वाचन सम्पन्न हुने गरी प्रमुख दलहरुबीच सहमति भएको बताए । संविधान जारी गर्ने बेलामा नै असन्तुष्ट दललाई सहमतिमा ल्याउन प्रमुख तीन दलबीच संविधान संशोधन गर्ने सहमति भएकाले सोही दिशामा सरकारले संशोधनमार्फत संविधानको स्वीकार्यता फराकिलो बनाउन सुरु गरेको बताए ।
प्रधानमन्त्री दाहालले संशोधनको प्रक्रिया अघि बढाएर असन्तुष्ट दललाई पनि निर्वाचनमा आउने वातावरण बनाउन सरकारको ध्यान केन्द्रित रहेको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]