Radio Golden Live..

गाम्बियाका निवर्तमान राष्ट्रपतिले देश छाडे

डाकार, गाम्बियाका निवर्तमान राष्ट्रपति याहृया जामेहले राजधानी बन्जुलबाट आफ्ना व्यक्तिगत सरसामानसहित शनिबार राति गिनीको राजधानीतर्फनिर्वासनका लागि पलायन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
गाम्बियाको राजधानी बन्जुलमा रहेका सिनेगाली रेडियो समाचारदाताका अनुसार गिनीका राष्ट्रपति अल्फा कोन्डे आफ्नो निजी जेट विमानसहित बन्जुल आएको र निवर्तमान राष्ट्रपति जामेह सोही विमानमा चढी राष्ट्रपति कोन्डेसँगै गिनीको राजधानी कोनाक्राइतर्फपलायन भएका छन् ।
त्यस्तै, निवर्तमान राष्ट्रपति जामेहका परिवार तथा निकट र्समर्थकहरु पनि मौरिटानियामा दर्ता रहेको अर्को एक विमानमा चढी राजधानी बन्जुलबाट प्रस्थान गरेका छन् । जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी सामान भन्दै कडा सुरक्षाकाबीच थुप्रै ट्रकहरुमा टनाटन सर सामान लिएर गएका थिए ।
गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार-चढाव, खिँचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपर्ूण्ा व्रि्रोहपश्चात् पश्चिम अप्रिmकी राष्ट्रहरुको संगठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्ता त्यागेका हुन् ।
पश्चिम अप्रिmकी राष्ट्रहरुको संगठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गतः शनिबार बेलुकी उनले सत्ता परित्याग गर्ने घोषणा गरेका थिए । साथै आफूविरुद्ध खनिएर आउने सम्भाव्य खतरालाई दृष्टिमा राख्दै देश छाडेर निर्वासनमा जाने निधोसमेत उनले गरेका थिए ।
निर्वासनमा जानुभन्दा केही समय अघि उनले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपर्ूण्ा ढंगले सुल्झाउन सघाउने वचनवद्धता व्यक्त गरेका थिए । यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको उनले जनाए ।
गाम्बियामा शान्तिपर्ूण्ा सत्ता हस्तान्तरण सम्बन्धमा मध्यस्थताका लागि पश्चिम अप्रिmकी राष्ट्रहरुको संगठनको प्रतिनिधिका रुपमा आएका मौरिटानियाका राष्ट्रपति मोहम्मद औलाद अब्दुल अजिज र गिनीका राष्ट्रपति अल्फा कोन्डे राजधानी बन्जुलमै केही दिनदेखि बस्दै आएका थिए । कुनै पनि हालतमा सत्ता त्याग नगर्ने, बरु गृहयुद्धमा जाने चेतावनी सहित उनी आएका थिए पहिला । तर उनी पछिल्ल्ाो समय परिवर्तन भएको देखियो ।
राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपर्ूण्ा सैनिक व्रि्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आएका थिए ।
चारैतर्फाट यसको विरोध भएको र पश्चिम अप्रिmकी राष्ट्रहरुको संगठनको दबाबपछि उनले देशमा देखावटी निर्वाचनको प्रणाली बसालेका थिए ।
तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदबार आडामा ब्यारोको अप्रत्याशित विजयबाट उनी आत्तिएका थिए ।

उनी शुरु शुरुमा उक्त निर्वाचन परिणाम स्वीकार गर्न तयार थिए । तर, पछि गएर निर्वाचन परिणाम स्वीकार गर्ने प्रजातान्त्रिक आचरण र संस्कार पर््रदर्शन गर्नु सट्टा निर्वाचनमा धाँधली गरी आफूलाई हराइएको, आफूविरुद्ध षडयन्त्र रचिएको जस्ता गैह्रजिम्मेवार र अनर्गल प्रलाप गर्न पटि्ट लागेको देखिन्थ्यो ,।
उनी आफ्ना कट्टर र्समर्थक केही सेनाको आडमा नवनिर्वाचित राष्ट्रपति आडामा ब्यारोको ज्यान लिने धम्कीसमेत दिन्थेे । नवनिर्वाचित विजेता राष्ट्रपति आडामा ब्यारो भने राष्ट्रपति जामेहले उत्पन्न गराउन सक्ने खतराबाट बच्न छिमेकी राष्ट्र सिनेगलग पुगेका थिए । आफ्नो मुलुकको भूमिमा नभई उनले राजधानी डाकारमा अवस्थित गाम्बियाली राजदूतावासको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । -एपी)

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]