Radio Golden Live..

यमबुद्धको अन्त्येष्टि


काठमाडौं—केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव शनिबार नेपाल ल्याई अन्त्येष्टि गरिएको छ ।
यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन कृहि समय नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । उनको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]