Radio Golden Live..

माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ 


काठमाडौं—नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएका छन् ।
कांग्रेसको भ्रातृ संघ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मंसिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘संविधानलाई कार्यान्वयन गर्न निर्वाचनकोअर्का विकल्प छैन, यसमा दलहरू गम्भीर बन्नुपर्छ ।’
उनले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई मिलाएपछि मात्र निर्वाचन भन्ने प्रधानमन्त्री भनाइले कसरी निर्वाचन गर्ने भनेर उनले प्रश्न गरे ।
स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाले भनाइ सार्वजनिक गर्न माग गर्दै उनले सबै दल मिलेर निर्वाचन जानुपर्ने सुझाव दिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]