FLASH NEWS
  • Loading...

पुष्प व्यवसायले खासै सफलता नपाएको गुनासो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सरकार र निजी क्षेत्रबाट छुट्टाइएको छ करोडभन्दा बढी रकम खर्च भइसक्दा पनि पुष्प व्यवसायमा खासै परिवर्तन नआएको सरोकारवालाको भनाइ छ ।
उक्त रकम सरकारले दिगो र व्यवस्थित पुष्प तथा पुष्पजन्य वस्तुको उत्पादन तथा व्यवसायीकरण गर्न विनियोजन गरेको थियो । कृषि विकास मन्त्रालयबाट चार करोड ७४ लाख १० हजार तथा निजी क्षेत्रबाट एक करोड ७० लाख ६० हजार गरी कुल छ करोड ४४ लाख ३२ हजार खर्च भइसक्दा पनि पुष्प व्यवसायमा थप आर्कषण र परिणाम देखिएको छैन ।
पुष्प व्यवसायीको संस्था ङ्खलोरिकल्चर एसोसिएसन नेपालमार्फत सरकारले उपलब्ध गराएको रकमबाट मेला प्रदर्शनी, प्रचारप्रसार, तालिम, अनुसन्धान, अन्तक्र्रिया, बैठक, अनुगमन तथा सुपरिवेक्षणमा अत्यधिक खर्च भएकाले उपलब्धि नगन्य देखिएको कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष राजेश वर्माले बताए ।
सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयनमा ल्याएको चार वर्ष पुगेको छ । पुष्प प्रवद्र्धन नीति आएको वर्ष सरकारले ङ्खलोरिकल्चर एसोसिएसन नेपालमार्फत एक करोड रकम उपलब्ध गराएको थियो । आव ०७२÷७३ का लागि छुट्टाइएको दुई करोड ४५ लाख खर्च भइसकेको छ । ३७ लाख ५३ हजार ५ सय ९८ खर्च हुन बाँकी छ । पुष्प प्रवद्र्धन नीति, ०६९ कार्यान्वयन कार्ययोजनाको अवधि आव ०७५÷७६ मा सकिँदैछ । सरकारले पुष्प प्रवद्र्धनका लागि आव ०७४÷७५ का लागि पनि बजेट विनियोजन गर्छ ।
कृषि विकास मन्त्रालयका उपसचिव शंकरप्रसाद सापकोटाले लागत साझेदारीमा पुष्पजन्य व्यवसायको विकास र आयात प्रतिस्थापन गर्ने उद्देश्यले ङ्खलोरिकल्चर एसोसिएसन नेपाललाई सरकारले उक्त अनुदान रकम उपलब्ध गराएको बताए ।
नेपालले पुष्पखेती व्यावसायिक ढंगले सुरुवात गरेको करिब २३ वर्ष पुगिसकेको छ । तर आत्मनिर्भर छैन । यहाँ विभिन्न जातका पुष्प भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेविया, इटालीलगायतका मुलुकबाट आयात भइरहेको छ । यस वर्ष गुलाबको पुष्पमात्र ४० लाखको आयात भएको ङ्खलोरिकल्चर एसोसिएसनका पूर्वअध्यक्ष लोकनाथ गैरेले जानकारी दिए ।
एकपटक प्रयोग गरिसकेपछि पुनः पुष्पलाई उपयोगमा ल्याउन सकिँदैन । जन्मेदेखि मृत्यु पर्यन्तसम्म पुष्पको आवश्क पर्छ । सबै जातजातिको फरकफरक संस्कार र संस्कृतिको उत्थान र विकासमा समेत पुष्पको प्रयोग हुन्छ । तर, उत्पादनमा भन्दा उपभोगमा सीमित हुने बानीले पुष्पको आयात प्रतिस्थानपन तत्काल असम्भ रहेको फ्लोरिकल्चर एसोसिएसनका पदाधिकारी विश्वमणि पोखरेलले बताए ।
‘बजारमा पुष्पको माग बढेको छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन’ उनले भने । नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाब, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट ङ्खलावरको माग दैनिक बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका करिब १२ मुलुकमा नेपाली कट ङ्खलावर निर्यात गर्न सकिने एसोसिएसनले जनाएको छ ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ, उत्पादन छैन । झन्डै पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ४१ हजार मानिस प्रत्यक्ष रुपमा संलग्न छन् । एक सय ४७ हेक्टरमा फूलको खेती भइरहेको छ भने ३९ जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन् । तर पनि मागअनुसारको आपूर्ति हुन सकेको छैन ।
सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायमा आव ०७१÷७२ मा आयाततर्फ १० करोड र निर्याततर्फ तीन करोड १५ लाख गरी कुल एक अर्ब ३५ करोडको कारोबार भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित