Radio Golden Live..

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

काठमाडौँ, ११ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उहाँका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याउनुभएको छ । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी हुनुभएको हो ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डी.के. ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आर.सी. श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी हुनुभएको घोषणा निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले गर्नुभयो ।

साथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित हुनुभएको छ । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]