Radio Golden Live..

स्टिभन स्मिथको भारतविरूद्ध एक हजार रन


अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले भारतविरूद्ध एक हजार रन पुरा गरेका छन्। उनले पहिलो टेस्टको दोस्रो दिन दोस्रो इनिङमा अर्धसतक पुरा गर्ने क्रममा हजार रन पुरा गरे। उनी ५९ रन बनाएर खेलिरहेका छन्। उनले भारतविरूद्ध १४ इनिङमा १ हजार १६ रन बनाएका छन्। स्मिथको भारतविरूद्ध यो चौथो अर्धसतक थियो। उनले ४ सतक पनि बनाएका छन्।
भारतविरूद्ध सर्वाधिक रन बनाउने मामिलामा स्मिथ तेस्रो नम्बरमा पुगेका छन्। उनीभन्दा अगाडि वेष्ट इन्डिजका इभर्टन विक्स (१४९५) र जिम्बाबेका एन्डी फ्लावर (११३८) छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]