FLASH NEWS
- Loading...
एमाले नेतृत्वको नौ दलीय गठबन्धन विभाजनको संघारमा : मन्त्री नायक
- गोल्डेन खबर
- ७ साल अघि
- ९७ पटक पढिएको
काठमाडौं, १६ फागुन । कानूनमन्त्री अजयशंकर नायकले कांग्रेस र माओवादी केन्द्रका नेताहरूले संविधान संशोधनमा अलग संशोधन प्रस्ताव लगेकोमा कुनै अर्थ नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री नायकले भने, ‘कांग्रेस र माओवादी केन्द्रका चार जना सांसदहरूले अलग संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । त्यसको कुनै अर्थ छैन । उहाँहरूले पार्टीको निर्देशनलाई पालना गर्ने आश्वासन दिनुभएको छ ।’
मन्त्री नायकले आफ्नो दल माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पार्टी नीति विपरित कहिल्यै नजाने बताए । उनले भने, ‘आफूले जे गरे पनि पार्टीको नीति विपरित वहिर गएर कुनै काम गर्दिन भन्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस