FLASH NEWS
  • Loading...

वरिष्ठ नेता पौडेलद्वारा रेग्मीको स्वास्थ्य अवस्थाबारे जानकारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १७२ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १७ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लमजुङ सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थानमा घाइते भएका विद्यार्थी दीपेन्द्र रेग्मीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

सोमबार बिहान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर नेवि सङ्घ र अनेरास्ववियुबीच झडप हुँदा सशक्त घाइते भएका रेग्मीको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।

भेटका क्रममा वरिष्ठ नेता पौडेलले सुन्दरबजार क्याम्पसमा भएको झडप निन्दनीय घटना भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गर्नुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित