Radio Golden Live..

भारतको उडिसामा विस्फोट आठ प्रहरीको मृत्यु पाँच घाइते


नयाँदिल्ली–पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन् । प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान गरेका छन् । घटना उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरदेखि ४३७ किलोमिटर दक्षिणपश्चिममा पर्ने कोरापुट जिल्लाको सुन्कीनजिकैको मुख्य सडकमा भएको थियो ।
प्रहरीको गाडीमा यात्रा गरिरहेका बेला उडिसा राज्यका आठ जना प्रहरी मारिएका छन् । अरु पाँच जना घाइते भएको कोरापुटका एक प्रहरी अधिकारीले जानकारी दिए ।
घाइते सबैलाई तत्काल उपचारका लागि छिमेकमा पर्ने आन्ध्र प्रदेश राज्यको विसखापाटनम् अस्पतालमा लगिएको छ । उनीहरुको अहिले तिव्रगतिमा उपचार भइरहेको उनले बताए । घटनामा परी मृत्यु हुने मध्ये चार जनाको घटनास्थलमै र अरुको अस्पतालमा मृत्यु भएको उडिसा प्रहरीका प्रमुख केपी सिंहले पत्रकारहरुलाई जानकारी दिए ।
ती प्रहरीहरु अर्को जिल्लामा हुन लागेको तालिममा सहभागी हुन जाँदै गर्दा सो आक्रमण भएको हो । प्रहरी गाडीमा १३ जना चढेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]