Radio Golden Live..

मोर्चालाई दुईतिहाइ बहुमत ल्याई संविधान संशोधन गर्न कोइरालाको चुनौती


भक्तपुर—नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले निर्णय गरेअनुसार कुनै पनि हालतमा जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘कुनै हालतमा पनि निर्वाचन हुनु पर्दछ ।’ निर्वाचनको लागी तयार रहन पनि उनले आमजनतालाई आग्रह गरे ।
उनले भने, ‘पहिला स्थानीय निकायको निर्वाचन गरेर सरकारले २०७४ माघ ७ गतेभित्र प्रदेश हुँदै प्रतिनिधिसभा समेतको तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्णरूपमा असफल हुन्छ, त्यसैले सरकारले कुनै पनि बाहनामा निर्वाचन रोक्न पाउँदैन ।’
कांग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट्याउँदै उनले नेपाली कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नभएको बताए । उनले भने, ‘पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न सकिँदैन ।’
उनले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलिने भएकाले कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको स्पष्ट गरे ।
विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न नसकिने बताउ“दै उनले मधेसी मोर्चालाई निर्वाचनमा गएर दुईतिहाइ बहुमत पु¥याई संविधान संशोधन गर्न चुनौती गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]