Radio Golden Live..

तेजाब प्रहार गरी युवतीको हत्या


लुम्बिनी–प्रेमीले रुपन्देहीमा तेजाब प्रहार गरी प्रेमिका हत्या गरेको छ ।
आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ ।
राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका ती युवक र युवती मदिरा सेवन गरी मातेर सुत्न गएका थिए । तर केहि बेर पछि नै उनीहरु विच झगडा हुँदा युवकले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।
तेजाब प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको हो ।

सापकोटाको शव भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । अभियुक्त कोइराला भने प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार योजनाबद्ध तरिकाले कोइरालाले सापकोटालाई तेजाब प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]