Radio Golden Live..

संविधान कार्यान्वयनमा सवैलाई मिलाएर लैजानुपर्ने – सभापति देउवा

मेलम्ची—पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउ“दै नेपाली कांग्रेस त्यस्तो क्रियाकलापका विरोध गर्ने जनाए ।
नेपाली कांग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले शनिबार खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए ।
भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली कांग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने प्रतिबद्धता उनले गरे ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एकअर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तिनै ठाउ“का जनतालाई एकै किसिमले हेर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको उनले बताए ।

आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउ“दै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डिपिआर) आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले जिल्लाभरि नै करोडौं करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयको समस्या र मागलाई सम्बोधन गरी अगाडि बढाउन नेपाली कांग्रेस सदैव जनताका साथमा रहने बताए । उनले १५ वर्षभित्र सिन्धुपाल्चोक जिल्लाका हरेक सडकहरु कालोपत्र गर्ने तथा हरेक घरमा खानेपानीको धारा पु¥याउने र हरेक ठाउ“मा फलामे बिजुलीको पोल गाड्ने प्रतिबद्धता व्यक्त गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]