Radio Golden Live..

पैसा विना काम गर्न मन लाग्दैन कर्मचारीलाई


जनकपुरधाम—नेपालमा भष्टाचार मौलाउनुको मुख्य कारण भनेको सरकारी कर्मचारीमा अतिरिक्त रकम नलिई कुनै पनि काम नगर्ने मनोविज्ञानले गर्दा भएको एक अनुगमनले देखाएको छ । यहि कारण मुलुकको सेवा प्रवाह जटिल बनेको एक अनुगमनको तथ्य सार्वजनिक गरिएको छ ।
सरकारद्वारा गठित केन्द्रीय अनुगमन र निरीक्षण समितिका टोलीले विभिन्न जिल्लामा विकास आयोजनाको अनुगमन, सेवा प्रवाहको अवस्थाबारे जानकारी गराउँदै उक्त तथ्य सार्वजनिक गरेका हुन् । चिनेको र नचिनेको सेवाग्राहीद्वारा छलफलका क्रममा यस्तो गुनासो अधिक पाइएको पनि टोलीका पदाधिकारीले बताए । कर्मचारीमा कामभन्दा पनि जागिर खाने मानसिकताले विकास आयोजनामा विनियोजन गरिएको रकम खर्च नहुने समस्यामा वृद्धि भएको पाइएको छ । कर्मचारीमा ऐन, कानुनभन्दा पनि कार्य सम्पादन गर्दा सेवाग्राहीलाई दुःख दिने र अतिरिक्त रकम लिने चलनले सेवा प्रवाह स्वच्छ हुन सकेको छैन ।
जनकपुरधाममा आयोजित धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाका विकास आयोजना र सरकारी कार्यालयका प्रमुखसँग छलफलका क्रममा प्रधानमन्त्री कार्यालय सचिव टंकमणि आचार्यले विकास योजनामा रकम विनियोजन गरिएको छ तर रकम खर्च हुन नसकेको अवस्था चिन्ताजनक रहेको बताए ।
कर्मचारीमा कामभन्दा पनि अन्य कुरासँग अधिक सरोकार राख्ने बानीका कारण विकास योजनाको प्रगति सन्तोषजनक नभएको उदाहरण उनले प्रस्तुत गरे । मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भुप्रसाद कोइरालाले शक्ति प्रयोग गर्ने कुरा कथाझैँ भएको अवस्थामा सेवामा सहजीकरण गर्नु जरूरी छ, भने । विनियोजन गरिएको रकमको उपलब्धि र सेवा प्रवाहको नतिजालाई राम्रो गर्न कर्मचारीमा उत्तरदायी भावनाप्रति अग्रसरताको कमी देखापर्नु सबैका लागि चिन्ताको विषय भएको उनले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]