FLASH NEWS
  • Loading...

स्थानीय तहको निर्वाचनका लागि तयार हुन निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० फागुन । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सफल पार्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।

प्रहरी बल प्रधान कार्यालयमा आयोजित ‘कमान्ड एन्ड स्टाफ कोर्स’को समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सरकारबाट प्राप्त जुनसुकै जिम्मेवारी र दायित्वलाई व्यावसायिक ढङ्गबाट पूरा गर्नका लागि तयार भएर बस्न बलका अधिकृत र जवानलाई निर्देशन दिनुभयो ।

बलका १० सशस्त्र प्रहरी नायब उपरीक्षकको सहभागिता रहेको १८ महिना अवधिको सो कार्यक्रम २०७२ साल असोजदेखि सुरु भएको थियो । सो कोर्समा सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक बरालले ‘बेस्ट रिसर्च अवार्ड’, ‘बेस्ट एकेडेमिक अवार्ड’ र ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड’ प्राप्त गर्न सफल हुुनभयो ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई उपप्रधानमन्त्री निधि, त्रिविका रेक्टर प्रा डा सुधा त्रिपाठी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । बलका महानिरीक्षक श्रेष्ठले आगामी दिनमा आउन सक्ने नयाँ सुरक्षा चुनौतीलाई सामना गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहका लागि सो कार्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित