FLASH NEWS
  • Loading...

सांसद जोशीद्वारा यान्त्रिक हलो वितरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


फलेवास (पर्वत), २७ फागुन । प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विशेष क्षेत्रमा खर्चिनुपर्ने रकम पर्वतमा भने कृषि र आयआर्जनमा खर्चिएको छ ।

पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमले जिल्लाका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले किसान र उद्यमीलाई विभिन्न सामग्री वितरण गरिएको हो । उक्त रकमले कृषि, पशु र उद्यमी महिलाका लागि रु १० लाख बराबरका औजार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

कृषि कार्यालयसँंगको समन्वयमा सांसद जोशीले मिनी पावरटिलर (यान्त्रिक हलो) १८, सिलाइ मेसिन १०, माइक्रोस्कोप १० थान र तीनवटा कुटानी–पिसानी मिल वितरण गरिएको हो ।

जिल्लाका सबै गाविसका प्रत्येक वडामा सडक र घरघरै विद्युत् पुगिसकेकाले अब आयमूलक व्यवसाय नगरी ग्रामीण क्षेत्रका नागरिकको जीविका उकास्न नसकिने भन्दै सांसद जोशीले अहिलेसम्म अरू विकासमा करोडौँ रुपैयाँ बाँडेको तथा सडक, बिजुली र खानेपानी पुगिसकेकाले अब आयमूलक विकास पहिलो आवश्यकता रहेको बताउनुभयो ।

रु ७५ हजार मूल्य पर्ने मिनी पावरटिलर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । गोरुको अभावमा खेत बाँझो राख्न बाध्य किसान छानेर पावरटिलर वितरण गरिएको उहाँले बताउनुभयो । कार्यालयले थालेको जमिन बाँझो नराख्ने अभियानलाई यसले सघाउ पु¥याउने उहाँको विश्वास रहेको छ ।

गाउँका पशु सेवा केन्द्रमा माइक्रोस्कोप नहुँदा किसानले गाईभैँसीको मलमूत्र जाँच गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता अब हट्ने वरिष्ठ पशु विकास अधिकृत सुधिर थापाले बताउनुभयो ।

त्यस्तै, सिलाइ मेसिनको अभावमा गाउँबाट मेसिन मगाएर सिकाउनु परेकामा अब सहज हुने व्यावसायिक सीप विकास तालिम केन्द्र पर्वतका प्रमुख किरणचन्द्र सुवेदीले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित