Radio Golden Live..

लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु


विराटनगर, २० फागुन । लेक लागेर आज सोलुखम्बुमा एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

खुम्जुङ–७ को फेरुचेस्थित मदन अर्थ होटेलमा बास बसेका ४९ वर्षीय अस्ट्रेलियन नागरिक जौन्स माउफेपाउल ओल्डिज वर्थको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लुक्लालाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

मृतकको शव पासाङल्हामु अस्पतालमा राखिएको छ । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]