Radio Golden Live..

बस पल्टिँदा सोह्र घाइते


विराटनगर, २० फागुन । मोरङमा आज अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् ।

पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]