Radio Golden Live..

आगलागीबाट लाखौँको क्षति


इटहरी, २२ फागुन । इटहरी उपमहानगरपालिका–४ मा आज साँझ दुईवटा सिलिण्डर विष्फोट भई आगलागी हुँदा निरज पौडेलको घर र परालको माच नष्ट भएको छ ।

ग्यासको पाइप लाइनबाट आगोको लप्का निक्लेपछि सिलिण्डर विष्फोट भई आगो फैलिएको थियो । आगलागीबाट कम्तिमा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पौडेलको घरमा भएका खाद्यान्न, लत्ताकपडा, सुनचाँदीका गहना भाँडाकुँडा सबै जलेर नष्ट भएको बताइएको छ ।

इटहरी र इनरुवाबाट आएको वारुणयन्त्र, नेपाली सेना र जनपथ प्रहरी एवम् स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको इप्रका इटहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]