Radio Golden Live..

‘एमालेका सबै शिर्ष नेतालाई मार्ने उदेश्यले आमसभामा तिनतिरबाट बम प्रहार गरियो’

काठमाडौ, २४ फागुन– एमालेले सबै शिर्ष नेतालाई मार्ने उदेश्यले मोर्चाको कार्यकर्ताहरुले सप्तरीको आमसभामा तीनतिरबाट बम प्रहार गरेको बताएको छ ।
पूर्व सभामुख तथा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङ्घले एमालेको संयंम्ताले ठूलो क्षति हुनबाट जोगिएको बताए । ‘सप्तरी घटना एमाले माथिको आक्रमण मात्र होइन, यो लोकतन्त्रप्रतिकै हमला हो’ घटनाको यथार्थता बारेमा जानकारी गराउन केन्दीय प्रचार विभागद्धारा मंगलवार अपरान्ह राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सभामुख नेम्वाङ्घले भने– ‘कार्यक्रम ठूलो पर्खालले घेरिएको स्थानमा गरिएको थियो, मोर्चाका कार्यकर्ताले त्यस्तो पर्खाल नाघेर मञ्चमा तीनतिरबाट पेट्रोल बम प्रहार गर्न खोजे । सुरक्षाकर्मीले त्यसलाई रोक्न सफल भए । सभास्थलमा बम फेला परेको छ, त्यसको जिम्मा मोर्चाले लिएको छैन । त्यसपछि सभास्थलमा हजारौ ढुंगा प्रहार भए । ती ढुंगा कोशी नदीबाट ल्याइएका चिप्ला ढुंगा थिए । धेरै टाढाबाट ल्याइएका ती ढुंगा हेर्दा घटना नियोजित हुन सक्ने अनुमान गर्न सकिन्छ ।
नेता नेम्वाङ्घले चुनाव नचाहनेहरुले एमालेको अभियान रोक्न खोजेको बताएका छन् । ‘तराईमा हामी बुद्ध बनेर गएका थियौ, त्यही रुपमा फर्कने हाम्रो चाहना र योजना थियो’ उनले भने– तर हामीले संचालन गरेको शान्तिपूर्ण जुलुश माथि सुरुदेखि नै ढुंगा हानिएको थियो, भालाले प्रहार गरिएको थियो तर हामीले त्यसविरुद्ध कुनै प्रतिकार गरनौ । हामीलाई ढुंगा हान्नेहरुलाई पनि हसिँलो मुहार पारेर हात हल्लाउँदै, टाटा र वाईवाई गर्दै अगाडि बढिरह्यौ । केही दल र मान्छेहरु एमालेलाई जनताको घर घरमा जान दिनु हुँदैन भनिरहेका छन्, उनीहरुलाई एमाले ठूला ठूला सभा गर्न दिनुहुँदैन भनिरहेका छन्’ ।’ यो के हो ? उनले प्रश्न गरे ।
सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताहरु अराजक र फासिस्ट रुपमा प्रस्तुत भएको बताए । ‘कार्यक्रम आक्रमण गर्न खोज्नेहरुलाई हामीले प्रतिकार गर्न सक्थ्यौ तर द्धन्द्ध निम्तेला भनेर हामी संयमित भयौ’ उनले भने– हामीले कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न ग¥यौ । हामीले कार्यक्रम सकेपछि सुरक्षाकर्मीहरु माथि ढुंगा मुढा र पेट्रोल बम वर्षित थाल्यो ।’ अब पनि हाम्रो कार्यक्रममा यसरी आक्रमण भए, एमालेले त्यसको प्रतिकार गर्ने कि नगर्ने ? उनले गृहमन्त्रीपैति लक्षित गर्दे प्रश्न गरे ।
नेता पोखरेलले एमालले आफ्नो कार्यकर्ताहरुलाई प्रतिकारमा उतारे मधेसी मोर्चा पत्तासाफ हुने बताए । ‘कार्यक्रम शान्तपूर्वक संचालन गरेकै कारण एमालेलाई कसैले कमजोर नठानोस्’ उनले भने ।
पार्टी उपाध्यक्ष तथा पूर्वमन्त्री भीम रावलले सप्तरीको वस्तुस्थिति पहिल्यै थाहा भएपछि सरकार र गृहमन्त्रीले त्यसप्रति बेवास्था गरेको बताए । ‘जिल्लामा के कस्तो गतिविधि भइरहेको छ भन्ने कुरा गृहमन्त्रीलाई पहिहल्यै जानकारी हुन्छ’ उनले भने– सप्तरीमा संयमता पूर्वक आन्दोलनकारीलाई निस्तेज पारेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाएर गृह प्रशासनले मोर्चाको अराजक गतिविधिलाई प्रोत्साहन गरेको छ ।’
कार्यक्रममा सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेको अभियान तीन दिनको लागि स्थगित भए पनि २७ देखि पुन संचालन हुने जानकारी गराए ।
एमालेले सप्तरी घटनामा मोर्चाको आक्रमणबाट ४५ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ ।
घटनामा ४ जनाको मृत्यु भएको छ । २० जना भन्दा बढी घाईते भएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]