Radio Golden Live..

आजदेखि पुनःएमालेको मेची महाकाली राष्ट्रिय अभियान शुरु


सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि पुनः शुरु हुँदैछ ।

मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयको प्राङ्गणबाट अभियान शुरु हुन लागेको एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनले भने, ‘झापाबाट शुरु भएको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि हामीले हेटौँडाबाट शुरु गर्दैछौँ ।’

सप्तरी जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताको अवरोध र त्यसपछि उत्पन्न परिवेशका कारण प्रहरी र मधेसी मोर्चाका समर्थकबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि एमालेको अभियान स्थगित भएको थियो ।

एमालेले दुई नम्बर प्रदेशको जिल्लाहरूमा अभियान पछि गर्ने गरेर बाँकी जिल्लाहरूमा आजदेखि मेची महाकाली राष्ट्रिय अभियान शुरु गर्न लागेको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]