Radio Golden Live..

राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि


कञ्चनपुर—भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि गरिएको छ ।
नदी किनारमा गौतमको पार्थीव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दागबत्ती दिएर उनको अन्तिम संस्कार गरेका थिए । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए ।
यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो । नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]