Radio Golden Live..

बालबालिकाले पोखे चित्र मार्फत अपांगको पीडा


काठमाडौं—शाररिक रुपमा अशक्त अपांगको समस्याबारे स्कुले बालबालिकाले चित्रमार्फत आवाज पोखेका छन् ।
बालबालिकाले अपांगहरुको पहुँच अहिले पनि विभिन्न क्षेत्रमा नभएको भन्दै उनीहरुको पहुँचमा जोड दिंदै चित्र कोरे । बसमा ह्विचियर चढने मात्रै नभई बाटोघाटोमा पनि ह्विलचियर लानसक्ने गरी बाटो निमार्ण गर्न उनीहरुको सुझाव थियो ।
इन्फिनिटी ल्याव प्राइभेट लिमिटेड अन्तर्गतको रिसर्च एण्ड डेभलपमेन्ट प्रालिले बुधबार राजधानीमा आयोजना गरेको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले समाजमा अपांगको पहुँच मात्रै नभई उनीहरुलाई गतिशिल बनाउन अनेक तत्वले नकारात्मक प्रभाव पारिरहेको दुख चित्रमार्फत विसाएका हुन् । उनीहरुले चित्रमार्फत अहिले पनि अपांगलाई समाजले हेय दृष्टिकोणले हेर्ने गरेको भन्दै दुख व्यक्त गरेका थिए ।
प्रतियोगितामा अपांग र सपांग गरी विभिन्न स्कुलका २ सय ५० जना भन्दा वढी विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा खगेन्द्र विशेष शिक्षा माध्यमिक विद्यालय जोरपाटी काठमाडौंलगायतका विभिन्न स्कुलका विद्यार्थी सहभागी थिए । अपांगको पहुँच सवैतिर होस् भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजक संस्थाका संस्थापक सुनिल परियारले प्रष्ट्याए । अपांगका लागि अहिले पनि ठाउँठाउँंमा ह्विल चियर जाने गरी खुडकिलोको सटामा स्लोप हुुनुपर्ने माग उनको थियो ।
नेपाल अपांग संघ, गोर्खा इको प्यानललगायतको सहयोगमा कार्यक्रम गरिएको हो । सामाजिक उतरदायित्व अन्तर्गत अपांगको पहुँचलाई वढाउन सहयोग पुगोस भनेर आफूहरुले सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]